विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शौचालयहरु सफा र व्यवस्थित बनाउन अस्पताल प्रशासनले मङ्गलबार मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।

सोमबारसम्म दैनिक दुईपटक सफा हुँदै आएको शौचालय मङ्गलबारबाट दैनिक तीनपटक सफा गर्न र मर्मत गर्नुपर्ने अवस्थाका शौचालयहरुको मर्मत थाल्न समेत मातहतका विभाग र कर्मचारीलाई निर्देशन दिइएको अस्पतालका डेपुटी डाइरेक्टर प्रा. डा. पशुपति चौधरीले जानकारी दिए ।                           समाचार प्रभाव

एउटा शौचालयमा एकजना कर्मचारी खटाउनु पर्ने भएपनि अहिलेनै सम्भव नभएकोले अब ‘रोटेसन सिस्टम’ बाट शौचालयहरुको सफाइ र मर्मत गरिने तयारी थालिएको उनले बताए । अस्पताल निर्देशक नियुक्ति नभएका कारण अहिलेनै कतिपय कामहरु गर्न नसकिएको भन्दै उनले यो समस्या फेरि दोहोरिन नदिन आपूmहरु सचेत रहेको बताए ।

प्रतिष्ठानका शौचालयहरु दुर्गन्धित भएको विषयमा मङ्गलबार ब्लाष्टमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले मङ्गलबारनै समस्या समाधानका लागि कार्य थालेको डेपुटी डाइरेक्टर चौधरीले जानकारी दिए ।