धरान/रोट¥याक्ट क्लव अफ धरानले विष्णु उच्चमाविमा प्लस टुमा अध्ययरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना गराएको छ । [caption id="attachment_34776" align="alignnone" width="700"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] बिहीबार स्कुल परिषरमै रोट¥याक्टले कक्षा ११ र १२ मा अध्ययरत झण्डै एकसय विद्यार्थीहरुलाई ट्राफिक सचेतना गराइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक तुलबहादुर क्षेत्री, प्रहरी सहायक निरीक्षक उद्दव पोखरेललगायतले ट्राफिक सचेतना बारे र दुर्घटनाबाट बच्ने उपायहरु बारे जानकारी गराएका थिए । युवालक्षित जनचेतनामा प्रनानी क्षेत्रीले ट्राफिक नियम पालना गरेमा ९० प्रतिशत दुर्घटना रोक्न सकिने बताए । रोट¥याक्टका अध्यक्ष कृष्ण अटलले युवाहरुलाई दुर्घटनाबाट बचाउन र ट्राफिक नियम बारे जानकारी दिनको लागि यो कार्यक्रम गरिएको बताए ।