वि.सं. २०७३ साल चैत ५ गते। शनिवार। इश्वी सन् २०१७ मार्च १८ तारिख। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २८:०४ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम सच्याउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आफन्तहरूको साथले उत्साह जगाउनेछ। मिहिनेतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। अतिथिका रूपमा सम्मान प्राप्त होला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। रमाइलो यात्राको मौका छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले थप हिम्मत जुटाउला। केही चुनौतीहरू देखिए पनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। व्यवसायमा मनग्गे फाइदा हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) केही व्यवधान आउनेछन्। अस्वस्थताले आँटेका काममा बाधा उत्पन्न होला। राम्रो नतिजा ल्याउन काम दोहोर्याउनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। व्यवसायमा समेत सोचेको फाइदा उठाउन समय पर्खनुपर्ला। तर लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) विशेष उपहार हातलागी होला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका तथा नयाँ काम सम्पादन गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। ( तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आलोचकहरूले सताउनेछन् भने सहयोगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। असंयम व्यवहारले पनि समस्या निम्त्याउला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लाभांश कममात्र मिल्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा बाधा र मानसम्मानमा आघात पुग्न सक्छ। सञ्चित कर्मफल भने प्राप्त हुनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। शुभचिन्तकहरूबाट आफ्ना कमजोरी पत्ता लगाउन सकिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत रोकिन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। तर, आम्दानी रोकिनाले तत्काललाई योजना स्थगन गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि पछि परिने परिस्थिति देखिन्छ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन् भने सामान्य मित्रता पनि दिगो परिवर्तनको संवाहक बन्न सक्छ। प्रतिष्ठा कमाउने बेला छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) केही काम बने पनि अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ। (नेपाली पात्रो)