वि.सं. २०७३ साल चैत ११ गते। शुक्रवार। इश्वी सन् २०१७ मार्च २४ तारिख। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– एकादशी, ११:१७ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) महत्वपूर्ण वस्तु हातलागी हुनाले मन प्रसन्न रहनेछ। साथीभाइले फाइदा दिलाउनेछन्। प्रतीक्षित काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्ति प्रयोग गर्दा लाभ हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि, सेवामूलक कामले आशा जगाउनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiस्वास्थ्य कमजोर रहनाले योजना स्थगित हुन सक्छ। तर अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। घरेलु समस्यामा अल्झनुपर्ने हुन सक्छ। केही चुनौतीसमेत सामना गर्नुपर्ला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिएला। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा पनि भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। तर, अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। गुरुजनको सल्लाह र सन्तानको सहयोगले फाइदा होला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहोला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। निराश नहुनुहोस्, रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि धन आर्जनमा कमी नहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। (नेपाली पात्रो)