वि.सं. २०७३ साल चैत २० गते। आइतवार। इश्वी सन् २०१७ अप्रिल २ तारिख। नेपाल संवत् ११३७ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– षष्ठी, १९:४१ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। आँट गर्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ हुनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। शुभचिन्तकहरूको सल्लाह एवं विवेकले काम लिने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको नतिजाले आत्मविश्वास कमजोर बनाउला। समयमा सूचना नहुँदा काममा पछि परिएला। आगन्तुकले अलमल्याउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerआयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि लाभ हुनेछ। दिगो काममा लगानी गर्ने मौका छ। तर लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoप्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-मा पनि प्रशस्त फाइदा हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ स्रोत जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सामाजिक नेतृत्व गर्दै प्रतिनिधिमूलक यात्रा गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दाम, नाम र इनाम समेत हातपार्न सकिनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioअतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। तर समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिएलान्। अरूको सुझावलाई बेवास्ता गर्दा पछि दुःख पाइनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusअधिकारका लागि संघर्षमा जुट्नुपरे पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारजनमा असमझदारी बढे पनि आमाको सहयोगले काम बनाउन सकिनेछ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। विभिन्न उपहार प्राप्त हुने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, नयाँ काम प्रारम्भ गर्ने बेला छ। व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिमा कामको चाप बढे पनि धन आर्जन प्रशस्त हुने योग छ। (नेपाली पात्रो)