विराटनगर / विराटागरमा रहेको अर्किड कलेजले नव निर्मित भवनको समुदघाटन गरेको छ ।  कलेजमा एक कार्यक्रको आयोजना गरी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

करीव ३ कठ्ठा क्षेत्रफमा रहेको जग्गामा तीन तले भवन बनाएर कलेज सञ्चालनमा ल्याएका छन् । भवन निर्माणमा करीब ३ करोड लागेको कलेजका अध्यक्ष सिएम रिजालले जानकारी दिए । सोहि अवसरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई पनि विदाइ गरेको छ । कलेजमा विज्ञान तथा व्यवस्थापक संकायका ४ सय ५० जना अध्यरत आठौं औं ब्याचको विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा उच्च माविले लिएका परीक्षामा विज्ञान संकायमा कलेज प्रथम हुने निश्मा गुरागाई तथा व्यवस्थान संकायमा कलेज प्रथम हुने रोशन थापा, मिस प्रिन्सेस कलेजमा फस्ट रनर अफ सजिना लामालगायत कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको थियो । कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बराल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सप्तकोशी स्कूलका प्रिन्सिपल यूवराज अधिकारी, एलेलिया स्कूलका प्रिन्सिपल सेवक बजगाई कलेजका निर्देशक राजन दत्त र प्रा.डा. ईन्दुशेखर झालगायतले बालेका थिए ।