धरान / नेपाल इ–रिक्सा चालक सङ्घ धरान नगर इकाईको प्रथम आमभेला सोमबार सम्पन्न भएको छ । इ–रिक्सा चालकहरुको हक–अधिकारको लागि आमभेला गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा एक दर्जन कुशल चालकलाई प्रशंसापत्रले सम्मानित गरिएको छ । कार्यक्रममा मोहन राई, वर्षा मगराती, गंगा लिम्बू, लक्ष्मण खड्का, कुमार तामाङ, सुमनकुमार राई, अर्विनकुमार दास, विभु बराइलीलगायत सम्मानित भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राई तथा सङ्घकी अध्यक्ष रेवा लामाले प्रशंसापत्र प्रदान गरेका थिए ।