वि.सं. २०७३ साल चैत २३ गते। बुधवार। इश्वी सन् २०१७ अप्रिल ५ तारिख। नेपाल संवत् ११३७ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– नवमी, १३:२३ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर आउला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मनग्गे आम्दानी भए पनि सोखले खर्च बढाउन सक्छ। मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्च बढ्नेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले कामको तारिफ गर्नेछन्। पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले समस्यामा परिएला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। भोगविलासले खर्च बढाउनेछ। समस्या पर्दा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धनले परोपकारी काममा जुटाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। तर आलोचकहरूले भने सताउन सक्छन्। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)