मेषाः अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । कृषि तथा पशुचौपायादिको व्यापार व्यवसायमा सफलता मिल्ला । राजनैतिक निकायमा खासै प्रगति नहोला । आफन्तहरुबाटै धोका हुन सक्नेछ ।
वृषः व्यापार व्यवसायमा सफलता मिल्नेछ । धातु तथा तत्जन्य कार्य व्यवसाय राम्ररी फस्टाउला । बोली र व्यवहारले सबैको मन जित्न सफल भइएला । मुद्दा मामिलामा तपाईंको विजय हुनेछ । वैदेशिक यात्राको अवसर आउला ।
मिथुनः विश्वासपात्रबाट सहयोग प्राप्त भइरहला । सरकारी जागिरमा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको लागि उपयुक्त समय व्यतित होला । साताको मध्यतिर केही अशुभ समाचार सुन्नमा आउला । अनावश्यक कामको झन्झट आइपर्ला ।
कर्कटः साता फलखायी रहेको छ । आर्थिकपक्ष सबल बन्नेछ । नँया कामको शुभारम्भ होला । महिला दिदीबहिनीको सहयोग प्राप्त भइरहला । जग्गा जमिन तथा पशुचौपायदिको व्यापार व्यवसाय राम्ररी फस्टाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।

सिंहः समय मध्यम्खालको छ । आम्दानीका स्रोतहरु घट्दै जानेछन् । शरीर आलश्य बन्नेछ । इष्टमित्रको असहयोग रहला । सामाजिक कार्यको लागि गरिने प्रयास असफल रहला । विचार र व्यवहारमा एकरुपता नआउँदा अरुको आलोचना खप्नु पर्नेछ ।
कन्याः पठन–पाठन तथा लेखन कार्यमा सफलता मिल्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरणको प्रबल सम्भावना छ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरुसित रमाइलो भेटघाट होला । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला ।
तुलाः धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ । समाज सेवाको काममा सक्रिय भइएला । नयाँ कार्य व्यवसायप्रति ध्यान केन्द्रित रहला ।
वृश्चिकः सामान्य कामबाट ठूलै धनराशि प्राप्त हुनेछ । मित्रहरुबाट सहयोग प्राप्त भइरहला । जीवनमा नयाँ खुसी थपिनेछ । मान्यजनको आशिर्वाद प्राप्त भइरहला । खेती तथा जग्गा जमिनको कारोबार राम्ररी फस्टाउला ।
धनुः समय फलदायी रहेको छ । आफ्नो सोचअनुसारको काम बन्नाले मन प्रसन्न रहला । नयाँ ठाउँको रमाइलो भ्रमण हुनेछ । बिछोडिएका साथीभाइहरुसित भेटघाट होला । पठन–पाठनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला ।
मकरः मुद्दामामिलामा फसिन सक्नेछ । अर्काको भरमा कुनै पनि कामको जिम्मेवारी नछाड्नु होला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका हुनसक्नेछ । साताको मध्यतिर केही शुभसमाचार सुन्न पाइएला । कुम्भः धातु तथा तत्जन्य कार्यव्यवसाय राम्ररी फस्टाउला । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ । धार्मिक यज्ञमा सरिक भइएला । वैदेशिक यात्राको अवसर आउनेछ । मायप्रेमको सम्बन्ध विस्तार होला ।
मीनः तपाईंको यो साता फलदायी रहेको छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । नयाँ कामको शुभारम्भ होला । ठेक्का–पट्टाको काममा विशेषलाभ मिल्ला । मायामारेको स्थानबाट धन प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण होला ।