वि.सं. २०७३ साल चैत २९ गते। मंगलवार। इश्वी सन् २०१७ अप्रिल ११ तारिख। नेपाल संवत् ११३७ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– पूर्णिमा, १०:४६ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। योजना गोप्य राखी समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउला। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। चिताएको काम बनाउन सकिनेछ। साँझदेखि अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने प्रतिस्पर्धीहरूले काममा बाधा पुर्याउलान्। समयअनुसार चल्न नसक्दा पछि परिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तत्काल फाइदा नदेखिएकाले काम थाल्न हतार नगर्नुहोला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerधैर्य एवं निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साँझदेखि प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) मान–सम्मान पाइनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझदेखि व्यापार तथा कृषिमा सामान्य लाभ हुनेछ। तर पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। प्रतिस्पर्धीसँगै सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। बौद्धिक साधनाले तार्किक क्षमतामा निखारता ल्याउनेछ। तर साँझतिर ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। प्रतिफल हातपार्न केही समय लाग्नेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। (नेपाली पात्रो) बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आजको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्गे लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। साँझदेखि सोखले फजुल खर्च गराउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। तापनि तत्कालका आवश्यकता पूरा हुनेछन्। लगनशील बन्दा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको कामले पनि उत्साह जगाउनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि अवसर मिले पनि चिताएको फाइदा नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त होला। कार्यक्षेत्रमा विवाद आउने देखिन्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक, परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो) मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) रमाइलो परिवेश रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्दा मन खिन्न हुन सक्छ। सोचेको लाभ उठाउन नसकिएला। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। साँझदेखि स्वास्थ्यगत समस्याले सताउन सक्छ। सानातिना समस्यामै अल्झनुपर्ला।अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ। (नेपाली पात्रो)