धरान/धरान–१६ को जेनिथ बोर्डिङ स्कुलका विद्यार्थीहरुले वर्षभरी अध्ययन गरेको विषयसँग सम्बन्धित ‘विज्ञान तथा मौलिक सामग्री’ प्रदर्शनी गरेका छन् । [caption id="attachment_40285" align="alignnone" width="900"] जेनिथ स्कुलमा विभिन्न जातीय पोशाकमा सजिएका विद्यार्थीहरु । तस्बिरहरुः भोजराज श्रेष्ठ[/caption] बुधबार स्कुल परिषरमै जीव विज्ञान, रसायन विज्ञान, र भौतिक विज्ञानको प्रदर्शनी गरिएको छ । त्यस्तै नेपाली परम्पारागत बाजागाजासहित मौलिक सामग्रीहरु पनि प्रदर्शनीमा राखिएका छन् । विद्यार्थी पनि विभिन्न जातीय साँस्कृतिक पहिरनमा सजिएर जातीय सद्भाव बाडेका छन् । उनीहरु राई, लिम्बू, मगर, नेवार, धिमाल, नेपाली राष्ट्रिय पाेशाकमा सजिएर जातीय साँस्कृतिक पहिरनको झलक दिए । ‘विद्यार्थीहरुले एकवर्ष सैद्धान्तिक अध्ययनलाई व्यवहारमा प्रयोग गर्न यो प्रदर्शनी राखिएको हो ।’ जेनिथका प्रिन्सिपल सुमन जवेगूले भने । वार्षिक परीक्षा प्रकाशितको अवसर पारेर अभिभावकहरुलाई आफ्ना छोराछोरीले गरेको प्रगति प्रस्तुत गर्नको लागि कार्यक्रम राखिएको उनले बताए । विद्यार्थीहरुले विभिन्न परीक्षणहरुसमेत गरेर अभिभावकलाई देखाएका थिए । कार्यक्रममा दैनिक भान्सामा प्रयोग गरिने खानाहरुको उत्पादन जस्तै धान, मकै, गहुँ, कोदो, जौँलगायतको फलहरु प्रदर्शनीमा राखिएको थियो । त्यस्तै फ्लासबोर्डमा किशानहरुले प्रयोग गर्ने हलो, कोदालो, जाँतो, ढिकीलगायतका सामग्रीहरु राखिएको थियो । जसले गर्दा विद्यार्थीहरुले पूर्खाले गरेको कामको बारेमा जानकारी होस् भन्ने रहेको स्कुलले जनाएको छ । ‘यो व्यवहारिक प्रदर्शनी पनि हो ।’ प्रिन्सिपल जवेगूले भने ।