काठमाडौं/नेपाली कांग्रेसका नेताहरुले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेताहरुले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा जाँदा मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने भएकाले संविधान संशोधन टुंगो लगाएर मात्र चुनावमा जुट्न आग्रह गरेका गरेका हुन् ।
स्थानीय चुनाव तयारी र प्रदेश २ को अवस्था बुझ्न कांग्रेस नेतृत्वले शनिबार केन्द्रीय सदस्य, सांसद् र जिल्ला सभापतिसँग गरेको छलफलमा मोर्चालाई सहमतिमा ल्याउन केही दिन निर्वाचन सार्न वा दुई चरणमा गर्न तयार हुनुपर्ने सुझाव दिइएको नागरिक दैनिकमा खबर छ ।
यसमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । सरकारले वैशाख ३१ मा एकै चरणमा स्थानीय चुनाव मिति पहिले नै तोकिसकेको छ । निर्वाचन सार्न पार्टी नेतृत्वलाई कांग्रेस नेताको दबाब
काठमाडौं/नेपाली कांग्रेसका नेताहरुले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेताहरुले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा जाँदा मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने भएकाले संविधान संशोधन टुंगो लगाएर मात्र चुनावमा जुट्न आग्रह गरेका गरेका हुन् ।
स्थानीय चुनाव तयारी र प्रदेश २ को अवस्था बुझ्न कांग्रेस नेतृत्वले शनिबार केन्द्रीय सदस्य, सांसद् र जिल्ला सभापतिसँग गरेको छलफलमा मोर्चालाई सहमतिमा ल्याउन केही दिन निर्वाचन सार्न वा दुई चरणमा गर्न तयार हुनुपर्ने सुझाव दिइएको नागरिक दैनिकमा खबर छ ।
यसमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । सरकारले वैशाख ३१ मा एकै चरणमा स्थानीय चुनाव मिति पहिले नै तोकिसकेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































