एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।

भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन्

।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु । प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।

‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?

खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए ।

दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो । आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ ।

(सुनिता दनुवारद्धारा लिखित ‘आँसुको शक्ति’ आत्मकथाको एक अंश)