तेह्रथुम /तेह्रथुम छथर गाँउपालिकाका एक युवक मलेसिया पुगेको २ बर्षमा ऋण काढेर घर फर्किएका छन् । २ बर्ष अघी मलेसिया पुगेका शेर बहादुर लिम्बु कम्पनीको लापरबाहीका कारण जेल परे सँगै ऋण काडेर नेपाल फर्किएका हुन् ।

आफू निर्दाेष भए पनि २५ दिन जेल जिवन बिताएर साथीहरुसँग ऋण काडेर नेपाल फर्किएको लिम्बुले बताए ।आर्थीक कम्जोरका कारण मनभरी सपना बोकेर आमाको फाटेको चोली बुबाको च्यातीएको दौरालाई टाल्ने सपनाका साथ सयकडा ३ का दरले ऋण काडेर मलेसिया पुगेका थिए ।

लिम्बुको केही महिना राम्रै कमाई भए पनि कम्पनी टुटेपछि कम्पनीले एजेन्टलाई युवाहरु दिए पछि कमाई हुन छाडेको लिम्बुले बताए । आफ्नो पिडाहरु भुलेर मृगौला पिडित खिनमाया कूरुम्भङ उपचारका लागी दिनरात नभनी साथीहरु सँग सहयोग माग्दै १ लाख रुपैयाँ सहयोग गर्न लिम्बु सफल बनेका थिए ।

लिम्बुको ७२ सालको भुकम्पले घर पुर्ण रुपमा क्षती भएको थियो । आर्थीक कम्जोरकै कारण भुकम्पले क्षतबिक्षत भएको घरलाई सरकारको आँखा नपुगेपछि त्यही घरलाई साहारा लिनको बिकल्प नरहेको लिम्बुको परिवारले जनाएको छ ।मलेसिया जाँदा १ लाख ५५ हजार तिरेर पुगेका लिम्बु कम्पनीको लापराबाहीका कारण भिसा नलागाई अबैधानीक बनाई रहेको बेला अचानक मलेसिया एमीग्रेसन पुलिसले छापा मारी कब्जामा लिएको थियो ।

आमा, बुबा, श्रीमाती, २ दिदी, १ बैनी र १ दाजु रहेका लिम्बुको ३ बर्षीया छोरी छन् । जेलबाट छुटेसँगै कम्पनीले पुन भिसा नलगाईदिएपछि साथीहरुसँग ऋण मागी दुताबास मार्फत नेपाल फर्किएको लिम्बुले बताए ।न्युजलयबाट