धरान/चालिस तोला सुनसहित विमानस्थलका उपसचिव पक्राउ परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी किशोरकुमार खत्री सुनसहित पक्राउ परेका हुन् । उनी त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत थिए। दोहा हुदैँ काठमाडौं आएका मनिष रिमालले ल्याएको सुन उनले लिएर बाहिर निस्कदै गर्दा भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो। यसअघि सिआइबीले दुबइबाट आएको साढे ३३ किलो सुन बरामद गरेको थियो।