धरानबाट भारतीय नागरिकद्वारा बालिका अपहरणको हल्ला
धरान/भारतीय नागरिकहरुले मोटरसाइकलमा धरानबाट एक बालिकालाई अपहरण भएको खबर सनसनी रुपमा फैलिएको छ ।
तर, सत्य के हो भन्ने बारेमा प्रहरीले पनि ‘भेरिफाई’ गर्ने प्रयास गरिरहेको छ । धरानको कुन ठाउँबाट कसरी, कस्को बच्चा उठायो भन्ने बारेमा बुझिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
‘को हो, के हो, कहाँबाट अपहरण भयो भन्ने बारे भेरिभाई गर्ने काम भइरहेको छ ।’ उनले फोनमा भने, ‘बुझ्ने काम भइरहेको छ ।’
अहिले प्रहरीले भारतीय नम्बर प्लेटका सबैजसो गाडीहरुलाई चेकजाँच गर्ने तयारी गरिरहेको छ । चकलेट दिएर बालिका अपहरण गरिएको भन्ने सुन्नमा आएको डिएसपी खतिवडाले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































