घरेलु हतियार र हरिणको मासुसहित दुई जना पक्राउ
इटहरी/सुनसरीको रामधुनी–७ बक्लौरीबाट प्रहरीले जंगली जनावरको मासु र घरेलू हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
जंगलबाट शिकार गरी ल्याइएको हरिणको मासु सहित बक्लौरीका ५३ वर्षीय हर्क राज राई र सिबन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । मंगलबार साँझ राईको घरबाट जंगलमा वन्य जन्तु शिकार गर्न प्रयोग हुने भरुवा बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
हरिण मारी रौ सहित छाला काडी मासु काट्दै गरेको अवस्थामा आलो छाला र मासु प्रहरीले बरामद गरेको छ । राईको घरबाट हरिणको सुकेको सिङगो रौँ सहितको छाला भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको नाल २ थान, र एक थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिवन हर्कराजका छोरा भएको बताइएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्ति राम कार्कीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































