रेलले किचेर तीन नेपाली मृत्यु
धरान/नेपालको सीमावर्ती क्षेत्र जोगवनी भन्दा दुई सय मिटर मुनी भारतीय रेलले किचेर तीन जना नेपालीको मृत्यु भएको छ ।
मोरङ कदमाहाका रमेश शर्मा, राजु ऋषीदेव र धनुषा मडारीका विनोद यादव रेहेको प्रहरीले जनाएको छ । मंगलबार राति साढे ८ बजेतिर को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेल्वे लिकमा क्रस हुने क्रममा रेलले ठक्कर दिएको थियो ।
तीनै जना नेपालीको शव भारतको अररियाको अस्पतालमा राखिएको छ भने नेपालबाट परिवार पुगेपछि मात्रै बुझाउने तयारी भएको भारतीय प्रहरीले जनाएको छ ।
जोगबनीबाट कटिहारतर्फ गई रहेको ५५४२ नम्बरको रेलले मोटरसाइकलसहितलाई ठक्कर दिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































