काठमाण्डौ । नेपालमा प्रतिबन्धित एक हजार र पाँच सय दरका ६७ हजार भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको स्वयम्भूमा अवैध भारतीय रुपैयाँ बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाइ प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
सर्वसाधारणलाई ठग्दै हिँडेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्रबहादुर धानुकले जानकारी दिए । ६७ हजार भारतीय रुपैयासिहत दुइ पक्राउ
काठमाण्डौ । नेपालमा प्रतिबन्धित एक हजार र पाँच सय दरका ६७ हजार भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको स्वयम्भूमा अवैध भारतीय रुपैयाँ बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाइ प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
सर्वसाधारणलाई ठग्दै हिँडेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्रबहादुर धानुकले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































