सुनसरी / सुनसरी क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका उम्मेदवार तथा वाहालवाल उपप्रधानमन्त्री विजय गच्छदार विजयी भएका छन । बामगठबन्धनकी एमाले नेतृ भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरले हराउँदै उनी विजयी भए । गच्छदारले ३८ हजार ९ सय ३२ मत पाए भने चौधरी ३८ हजार ६ सय ५१ मत पाएर पराजित भईन ।

सुनसरी क्षेत्रनम्वर ३ का निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गच्छदार निर्वाचित भएको वताएका छन । काँग्रेसका नेता बिजयकुमार गच्छदारले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हार्नु परेको छैन् । उनले यस पटक क्षेत्र नं. ३ बाट छैठौं पटक चुनाव जितेर ह्याटिक गरेका छन । उनी २०४६ सालको परिवर्तनपछि हरेक पटक बनेको सरकारमा प्रभावशाली मन्त्री बन्दै आएका छन् । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस बर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनाब जितेका हुन ।

वाहालवाला उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका गच्छदारलाईं बाम गठबन्धनबाट एमालेकी बैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीलाई ३ सय २१ मतले मात्र चुनाव जिते । भववती पूर्व वन राज्य मन्त्री हुन् । काँग्रेस र फोरम लोकतान्त्रिक एकता भएपछि कुनै समस्या नहुने हुँदा जित सजिलै निकाल्ने आशा गच्छदार थियो तर त्यती सहज जित हुन सकेन । गच्छदारले काँग्रेस छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भएका थिए । गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार सात सय ६९ मत ल्याएर जितेका थिए । त्यतिबेला काँग्रेसले दस हजार आठ सय छ र एमालेले पाँच हजार सात सय २३ ल्याएको थियो । २०७० सालको निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार पाँच सय २४ मत ल्याएका थिए । एमालेकी भगवती चौधरीलाई उनले तीन सय ६२ मतले पछि पादैं बिजयी भएका थिए ।

बिजय र भगवती दुहवी नगर क्षेत्रका बासीन्दा हुन् । यहाँ काँग्रेसबाट बिजय र बाम गठबन्धनबाट भगवतीसहित नौं जनाले प्रतिनिधीसभा र नौं जनाले प्रदेश सभामा उम्मेदवारी मनोनयन गरि चुनाबी अभियानमा सक्रिय थिए । तर, मुख्य प्रतिष्पर्धा भनेको बिजय र भगवतीबीच भएको थियो । एमालेबाट प्रदेश सभामा ३ ‘क’ बाट लिलम बस्नेत र ‘ख’ मा अगमलाल चौधरी विजयी भएका छन । क्षेत्र नं. ३ मा एक लाख नौ हजार ९१७ मतदाता छन् । जसमा पु?ष ५६ हजार २२३ र महिला ५३ हजार ६९४ जना मतदाता छन् । जस मध्ये ८५ हजार १ सय ९७ मत खसेको थियो । काग्रेसको समर्थन पाउँदा पनि गच्छदारलाई जित्न हम्मेहम्मे परेको थियो ।

गच्छदार २०३० सालमा प्रजातन्त्रिक आन्दोलनका लागि आर्थिक सहयोग जुटाउन नेता गिरीजाप्रसाद कोइरालको निर्देशनमा भएको विमान अपहरण काण्डमा पनि संलग्न थिए । विद्यार्थी आन्दोलनमा सक्रिय हुने क्रममा उनी २०३३ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापति भए । सुनसरी क्षेत्र नम्बर २ बाट काङ्ग्रेसका तर्फबाट २०४८ सालको आम निर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा गच्छदार विजयी भए । उनी २०६४ सालमा मधेसको माग सम्बोधन नगरेको भन्दै काङ्ग्रेससँग असन्तुष्ट भएर मधेसी जनअधिकार फोरम नेपालमा आबद्द भए ।