फरार अभियुक्त पक्राउ
प्रतिवादी महादेव महतो नुनिया समेत भएको डाँका, मानव बेचबिखन तथा कर्तब्यज्यान मुद्दामा फरार प्रतिवादी पर्साको साबिक मसिहानी गाबिस–४ बस्ने ३६ वर्षीय मोती महतो कंकरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
अपराधिक दायित्वबाट उन्मुक्ती पाउन स्थान परिवर्तन गर्दै लुकिछिपि बस्दै आएको अवस्थामा खोजतलास गर्दै जाँदा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































