धरान/नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलको सय दिने जुनियर डिभिजन तालिम कवाजमा सहभागीहरूलार्इ शुक्रबार दीक्षित गरिएकाे छ ।
[caption id="attachment_66966" align="alignnone" width="973"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
मोरङको याङशिलास्थित कालीबक्स गण इन्जिनियरिङको खेल मैदानमा सम्पन्न दीक्षान्तलाई नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले जुनियर डिभिजनका ५३५ विद्यार्थीहरुलाई दीक्षित गराएका छन् । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्शिला मोरङको ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुलाई जुनियर डिभिजन तालिम प्रदान गरिएको थियो ।
जुनियर डिभिजनमा ६ जिल्लाका १५ स्कुलका छात्रछात्राहरु सहभागी थिए । जुनियर डिभिजनमा सर्वोकृष्ट प्लाटुनको रुपमा नारायणी मावि चितवनको टोली घोषित भएको छ ।
त्यस्तै सर्वोकृष्ट क्याडरमा छात्रामा खोटाङका नन्जु राई र छात्रमा झापाका तेज अग्रवाल घोषित हुँदै पुरस्कार प्राप्त गरे । त्यस्तै सर्वोकृष्ट वक्तामा अशिष साह घोषित बने । धनकुटा, तेह्रथुम, झापा, खोटाङ, भोजपुर, सर्लाही र चितवन जिल्लाका ५३५ विद्यार्थीहरु दीक्षित भएको राष्ट्रिय सेवा दलका मेजर गंगा बरालले बताए ।
विद्यार्थीहरुले कवाज प्रदर्शन गर्दै तालिममा लिएका ज्ञानहरुलाई प्रदर्शन गरेका थिए । यसैबीच उनीहरुलाई दज्र्यानी चिन्हसमेत प्रदान गरिएको थियो । दीक्षित विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलका प्रमुख एवम् रथी डा. रमिन्द्र क्षत्रीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए । र, तालिममा सहभागी विद्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरिएको मेजर बरालले बताए ।