काठमाडौं/ अभिनेत्री रञ्जना शर्माले श्याम भट्टराईलाई छाडेको ८ वर्ष भयो । रञ्जना ८ वर्षअघि अमेरिका पुगेको दुई महिनामै श्यामसँग सम्पर्क बिहीन भएकी थिइन् । टेलीफिल्म ‘गहना’मा हिरोइन रहेकी रञ्जनासँग निर्देशक श्यामले सोही समय विवाह गरेका थिए । हाल अमेरिकामै रहेका श्याम रञ्जनाको प्रेमबाट भने टाढिन सकेका रहेनछन् । उनले आफ्नो प्रेम दर्शाउन रञ्जनालाई शुक्रवार फेसबुकमा यस्तो लेखेः
उनको स्ट्याटस
जीवनका तीतामिठा अनुभवहरूले घच्घच्याएको बेला म तिम्रो लागि र तिमी मेरो लागि, हामी दुवैको लागि एक स्मरणीय भयौं । जुन पल हामीले सँगै वितायौं, त्यो सदैव याद आउछ । भोली पनी आउला ....त्यो पल मेरो लागि झन् जीवनभरीको मिठो सम्झना बनिरहने छ ।। केही नहुँदा पनि र आज केही सम्भावना देखिँदै आएको क्षणमा पनि तिमी प्रति आदर भोलिको दिनमा पनि यथावत रहने छ ।
कति सम्वन्धहरू नजिक भएर भन्दा टाढै बसेर सुमधुर रहेछ । सायद तिम्रो र मेरो लागि पनि यस्तै लेखेर यस्तो भएको होला । म सदैव तिम्रो भलो चिताउने र आफू रित्तिएर पनि तिम्रो झोली भरियोस् भन्ने चाहने मान्छे । तिमी पनि यस्तै चाहन्थ्यौ ।
अनेक प्रयासको वावजुद पनि मैले तिम्रो भलो चिताउने वाहेक तिम्रो झोली भर्न सकिनँ । यो सम्झौतालाई तिमीले पनि वुझीदियौ । म कृतज्ञ छु ऽ जीवनमा सद्भावना र प्रेम भन्दा माथि केही छैन । जीवनमा मेरो अनिवार्यता हुदा सम्झिनु ।
तिम्रो सदैव उत्तरोत्तर प्रगतीको कामना गर्ने, तिमीलाई सात जुनीको कसम दिएर बिच बाटोमै छुट्टिनु परेको मान्छे ।