विराटनगर । सुनसरी र झापामा भएको सवारी दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

सुनसरीको भोक्राहा गाउँपालिका-६ चिरौली चौकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ३२ प ३७६० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका ५५ बर्षिय कालु उरावको मृत्यु भएको छ।

दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ईनरुवा-९ बस्ने ४० बर्षिय अवास मन्सुरीसमेत घाइते भएका छन्।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

झापाको कमल गाउँपालिका-३ केर्खा चोकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ६ प ५०७५ नम्बरको मोटरसाइकल बेलुका ७ बजेतिर मे १ त ४७२७ नम्बरको ट्याक्टरको पछाडी ठोक्किदा मोटरसाइकलमा सवार तीन जना मध्ये झापा कमल गाउँपालिका-४ बस्ने २० बर्षिय उत्सब राईको उपचारको क्रममा मृत्यु भएको छ।

साथै दमक-५ बस्ने १८ बर्षिय सरोज खड्का र कमल गाउपालिका -४ बस्ने १९ बर्षिय अरुष राई घाइते भएका छन्। उनीहरुको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भइरेहको छ। ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी केरखाले जनाएको छ।

यस्तै झापाको गैरादह नगरपालिका-१ स्थित गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको को ७ प २६३७ नम्बरको मोटरसाइकललाई दिउँसो ३ बजेतिर सोही दिशाबाट जादै गरेको मे ७ प १०९७ नंम्बरको मोरटरसाइकलले ठक्कर दिँदा २६३७ नंम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका-६ बस्ने २९ बर्षिय सरेश मेहता र उनकै श्रीमती २२ बर्षिया अनिता मेहता घाइते भएकी छिन्।

घाइते दुवैको लाईफलाईन अस्पताल दमकमा उपचार भइरेहको छ। १०९७ नम्बरको मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा छन्।