सुनसरी । केही दिन देखि पुर्वी नेपालमा शितलहरका साथै चिसो बढ्न थालेको छ । विहान वेलुका चिसो बढे सँगै केटाकेटी तथा बृद्धहरुलाई समस्या हुन थालेको छ । गरीव तथा मुसहर वस्तीका सर्वसाधरण चिसोको मारमा छन । पछिल्ला केहि दिन यता देखि बिहानैदेखी बाक्लो हुस्सु लाग्ने र चिसो हावा दिनभर चल्ने ,घाम सामान्य मात्र लाग्नाले सर्वसाधरणको जनजिवन प्रभावीत बन्दै गएको छ । जाडोवाट वढि बालबालिका , वृद्धवृद्धा ,विरामी र अशक्तहरुमा वढि प्रभावित भएका छन । जाडोको कारण न्याना लुगाको अभावले विपन्न परिवारका विद्यार्थीहरु मारमा परेका छन भने जाडोसँगै वालवालिकाहरुका साथै वृद्धवृद्धाहरुमा विभिन्न रोगहरु संंक्रमण देखा पर्न थालेका छन । वालवालिका हरुमा चिसोसँगै निमोनिया, रुघा खोकी, कोल डायरीया छातिमा समस्या, देखिने तथा वृद्धवृद्धाहरुमा कोलडायरीया लगायतका समस्याहरु देखिने भएको कारण तातो झोल पदार्थहरु धेरै खान चिकित्सकहरुको सल्लाह छ । चिसोबाट बच्न आगो ताप्न, बाक्लो लुगा लगाउन तथा तातो खानेकुराहरु खान डाक्टर सञ्जय राठीले वताए । धेरै भन्दा धेरै मनतातो पानी खानुका साथै फुटपातमा खानेकुरा नखान उनको सल्लाह छ । डाक्टर राठीले भने अहिले रुखाखोकी र जिउ कटकटी खाने तथा बच्चाहरुमा झाडापखलाको विरामी समेत बढिरहेको वताए । जाडो बढे सँगै विरामीहरु बढिरहेको कारण स्वास्थ्यमा ध्यान दिन उनले सल्लाह दिएका छन । विहान वेलुका चिसोे ह्वात्तै बढेकोले केटाकेटी र बृद्धहरुलाई ध्यान दिनु पर्ने उनको भनाई थियो । त्यसै गरी जाडो वढेसंगै तातोजन्य पद्धार्थहरुको प्रयोग र न्याना लगाउने तथा ओड्ने ओछ्याने खरिद गर्नेहरुको संख्या वढेको व्यवसायीहरु वताउछन । सामान्य झुपडीमा वसेका गरीव तथा मुसहर वस्तीका सर्वसाधरणलाई जाडो महिना कहिले जाला भनेर दिन गनेर दिन विताईरहेका छन । सानोतिनो दैनिक ज्यालादारी गरेर खाने बर्गलाई काम गर्न बढि समस्या हुन थालेको इटहरी उपमहानगरपालीका वडानम्वर १९ का अध्यक्ष श्रीनारायाण चौधरीले वताए । आज देखि त ज्यादै चिसो बढ्यो सर्वसाधरणहरुलाई समस्या छ उनले थपे । प्राय गरीब तराईवासीलाई एक्कासि आउने जाडोको हेक्का पनि रहन्न र चिसोको चपेटामा उनीहरु नै पर्ने गर्दछन् । जाडोको महिनामा, हुस्सु लागेर दिनभरि घाम नलागेर समस्या हुने गरेको मुसहर वस्तीका सर्वसाधरणहरुलाई समस्या हुन थालेको इटहरी उपमहानगरपालीका वडानम्वर २० का वडाअध्यक्ष मणिराम श्रष्ठले भने । चिसो बढे सँगै सर्वसाधरणहरु समस्यामा पर्ने थालेको उनको भनाई छ । जाडोको कारण न्याना लुगाको अभावले विपन्न परिवारका विद्यार्थीहरु मारमा परेका छन भने जाडोसँगै वालवालिकाहरुकाको उपस्थिती समेत न्युन हुन थालेको शिक्षकहरुले जनाएका छन ।