ताप्लेजुङ । सताई वर्ष अघि स्थापना भएको जिल्लाकै पुराने पाथिभरा बहुमुखि क्याम्पसको स्तरउन्नतीका लागि माघ तेस्रो साता श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरीने भएको छ ।
क्याम्पसको भौतिक तथा संकाय थप गर्दै तह बृद्धिका लागि माघ २४ गतेबाट सात दिन संगितमय श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ लगाईन लागिएको क्याम्पस प्रशासनले बताएको छ ।
महायज्ञ सम्पन्न गर्नका लागि मुल आयोजक समिति सहित विभिन्न आठ वटा उप–समिति समेत गठन गरीएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकमले शिक्षा शास्त्र संकाय तर्फ स्नातकोतर तह संञ्चालन गर्ने र जिर्ण भएका भवन निर्माण गर्ने तयारी रहेको क्याम्पस प्रमुख मोहन राईले बताउनुभयो ।
बिस लाख लागतमा महायज्ञ सम्पन्न गर्ने लक्षका साथ काम सुरु गरीएको बताउँदै प्रचार प्रसार समितका संयोजक समेत रहनुभएका प्राध्यापक सजन पौडेलले महायज्ञबाट करिव तीन करोड संकलन हुने अपेक्षा राखिएको बताउनुभयो ।
सो महायज्ञमा श्रीमत भागवत परीवार मेची नगर, नगरपालीका झापाका पंण्डित रमेश कोईरालाको टोलिले कथा बाचन गर्ने तयारी भएको बताईएको छ । संकाय र तह थप नगर्दा हाल पाथिभरा बहुमुखि क्याम्पसमा विद्यार्थीहरुले स्नातक सम्म मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय मात्र अध्यान गर्नुपर्ने बाध्यता छ ।
क्याम्पसको स्तर उन्नती गर्दै संकाय र तह थप गरे शिक्षा शास्त्र संकाय तर्फ स्नातकोतर गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट जिल्लाका विद्यार्थी मुक्त हुने अपेक्षा गरीएको क्याम्पस प्रमुख राईले बताउनुभयो ।
फोटो ः पाथिभरा बहुमुखि क्याम्पस । तस्विर ः रविन भट्टराई