काठमाडाै । एमाले–माओवादी एकता प्रक्रियामा ब्रेक थ्रू नै भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा देखिँदै आएका समस्याको गाँठो फुकाएका छन् । सरकार र पार्टी नेतृत्वसहित सैद्धान्तिक तथा वैचारिक विषयमा लामो समयदेखि अल्झिएका दुई दलले महत्त्वपूर्ण विषयमा समझदारी जुटाउँदै एकताको गत्यावरोध हटाएका छन् ।
सरकार गठनअघि एकताको खाका बनाउने र लगत्तै पार्टी एकता गर्ने सहमति बनेको छ । पार्टी र सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षले आलोपालो नेतृत्व गर्नेछन् भने सिद्धान्त र विचार निर्धारण महाधिवेशनबाट हुनेछ ।
लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई कम्युनिस्ट पार्टी एक हुने भएको लेखेको छ । दुई पार्टीका शीर्ष नेताको पदीय व्यवस्थापनको विषय टुंगिएपछि पार्टी एकतामा सहमति भएको छ । दुवै नेताले आलोपालो प्रधानमन्त्री हुने र एक प्रधानमन्त्री हुँदा अर्कोले पार्टी नेतृत्व गर्ने विषयमा समेत एकमत भएका छन् । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।
एमाले–माओवादी पार्टी एकीकरले गति लिएको उल्लेख गर्दै ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्षमध्ये एकको व्यवस्था गरेर अघि बढ्नेबारे सहमतिनजिक पुगेको लेखेको छ ।
एकीकृत पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष
वाम एकताको विधि तयार भएको र द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएको छ । सहमतिअनुसार दुवै नेताले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राखिने छ । सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । तर, पाँच वर्षे कार्यकालभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि प्रधानमन्त्री बनाउने समझदारी भएको माओवादी पक्षको दाबी छ । ‘औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुई जना अध्यक्ष रहनेछन् ।’