ललितपुर । सामान्यता धाराबाट पानी आउँछ । तर ललितपुरमा एउटा यस्तो धारा छ, जहाँबाट पानी होइन, दूध आउँछ ।

ललितपुरको इकुडोलको धाराबाट पानी नभएर दूध आउने गरेको हो । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो ।

इकुडोलबासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । ०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका अपनाएका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् ।