झापा/ नेत्रविक्रम चन्द नेतृत्वको विप्लप समूहले झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्कमा राखेको हक्स बम निस्कृया पारिएको छ । आज बिहान करिव ४ः ३० को समयमा मोटरसाइकलमा आएका केही युवाले बम राखेर भागेको स्थानियवासीले बताए ।

घटनास्थलवाट हसियाहैतैडा चिन्ह भएको रातो झन्डा फेला परेको इलाका प्रहरी कार्यलय काँकरभिट्टाले जनाएको छ । सो बमको कालिबहादुर गण चारआलीबाट गएको टोलीले बम निस्कृय पारेको छ । करिव ५ घण्टापछि नेपाली सेनाको टोलीले बम निस्कृय पारेको हो ।

घटनास्थलमा वेवारिसे अवस्थामा रहेको सुजुकि जिक्सरको मे ७ प ७३६५ र सोहि नम्वर प्लेटको भित्र मे ६ प ७३६६ नम्वर लेखिएको मोटरसाइकल पनि फेला परेको छ । मोटरसाइकललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लगिएको प्रहरीले जनाएको छ ।

उता नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको अवेज्ञा गरेको भन्दै बिहानै विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो । पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गरेको बताएको छ । राजधानीमा भने गाडी चलिरहेका छन् । बन्दको प्रभाव देखिएको छैन । दुई नेतालाई गिरफ्तार नेपाल कम्युनिस्ट पार्टी्निकट अखिल (क्रान्तिकारी)का दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्कालाई प्रहरीले सोमबार साँझ काठमाडौंबाट बिनाकारण गिरफ्तार गरेको हो । दुबै नेतालाई प्रहरी प्रभाग सिंहदरवरमा राखिएको छ ।