काठमाडौं/  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा स्वास्थ्यमा समस्या आएको छ । उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

डाक्टरहरुले उनलार्इ चेकजाँच गरिरहेको शर्माका भार्इ तथा नेता अनील शर्माले जानकारी दिए ।

मंगलबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेर नेता शर्माको स्वास्थ्य अवस्था बुझेका छन् र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अध्यक्ष प्रचण्डसँगै नेता कृष्णबहादुर महरा, देवेन्द्र पौडेल लगायतका नेताहरु अस्पताल पुगेका थिए ।