निरन्तर पहिरो खस्न थालेपछि मर्मतको लागि बिहीबार राति १० बजेबाट सात दिनसम्म बन्द गरिन लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले बताए । भोलीबाट २४ सै घन्टा ३ वटा सिफ्टमा काम गरेर एकहप्तामा मर्मतको काम सकिने पनि आयोजना प्रमुख गौतमले जानकारी दिए ।
७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजना बन्द भएपनि कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाएर लोडसेडिङ हुन नदिइने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले बताए ।