भद्रपुर । गएराती झापाको दक्षिणी क्षेत्र कचनकवल गाउपालिका ४ स्थित पक्लीभिट्टामा आगलागि हुदा १६ लाख मूल्य बरावरको क्षति भएको छ । आइतबार राती ११ बजे शाह आलमको घरमा विद्युत् सर्ट भइ आगलागिमा परि आठ वटा घर पुर्णरुपले क्षति पुगेको इलाका प्रहरी कार्यालय वनियानीले जनाएको छ । इलाका प्रहरी कार्यालय वनियानी र सशस्त्र प्रहरी कार्यालय विओपी केचनाबाट खटिएको गस्ती टोली लगायत स्थानीयले सोमबार विहान २ बजे आगो नियन्त्रणमा लिएको वनियानी इलाका सइ उदय शम्शेर जवराले जानकारी दिए । आगलागीबाट टिनको छानो भएका आठ वटा फुस्को घर जलेर खरानी भएको छ , चारवटा चौपाया मरेका छन् भने अन्नपात समेत जलेको साथै पाँचवटा घरमा आशिंक क्षति पुगेको छ भने ४३ जना मानिस प्रभावित बनेको सइ जवराको भनाइ छ । घट्नाको वृस्तित विवरण आइनसकेको भएता पनि अनुमानित १६ लाख रुपैयाको क्षति भएको उनले जनाए । घट्नापछि पीडित परिवारको लागि उचित राहत व्यवस्थापनको लागि पहल भइरहेको उनले जानकारी दिए ।