भद्रपुर । आउदा वर्षहरुमा नगरलाई कुन दिशा तर्फ लैजाने भन्ने उद्देस्य लिएर झापाको भद्रपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । नगरले शुक्रबार विहान आयोजना गरेको आ.ब ०७५।७६को लागि वार्षिक योजना तर्जुमा सम्बन्धि मार्गदर्शनसहितको पत्र तयार पारेर सरोकारवाला समक्ष पेश गरेको हो । नगरका प्रमुख प्रशासकिय अधिकृत तुलसी बहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा जादा के उद्देस्य लिएर जानेमा अन्यौलता हटाउनको लागि गोष्ठीको आयोजना गरेको बताए ।

पछिल्लो समय जनताले रुचाएका योजना तथा कार्यक्रमहरु लाई प्राथमिकतामा राखेर वडामा प्रस्तुत हुदा सहज हुने उनको प्रष्ट्रयाएका थिए । श्रेष्ठले नगरको क्षेत्रगत मार्गदर्शन अन्र्तगत भौतिक ,सामाजिक,आर्थिक बिकास योजना,वातावरण व्यवस्थापन योजना,संस्थागत बिकास योजना,एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा लगायतको मुख्य बिषयलाई लिएर कार्यपत्र प्रस्तुत् गरेका थिए । नगरलाई अन्तरदेशीय व्यापारिक नाकाको रुपमा बिकास गर्ने,तरकारी ,खाद्य उत्पादन,मासु,दूधमा आत्मनिर्भर बनाउने,नदिको डुबान र कटानलाई व्यवस्थित गर्ने,जनउत्तरदायी स्थानीय सरकारको बिकास गर्नेलगायतको उद्देस्यहरु रहेको श्रेष्ठले उल्लेख गरेका छन् । श्रेष्ठले प्रस्तुत् गरेको कार्यपत्रमाथि नेपाली काङ्ग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले अघि सारेका योजनाहरु कागजमा नभई व्यवहारमा समेत प्रयोग हुनुपर्ने सुझाव दिएका थिए ।

विगतमा निर्णय गरेका योजनाहरु समावेश गरि प्राथमिक्ताका आधारमा लैजान अनुरोध गरेका थिए । पत्रकार दिपक अधिकारीले सडक र पानीको बिचमा समन्वय नभएका कारण नगरवासीले दुःख पाएको जनाए । कागजमा नीतिका कुरा गर्ने तर काम नगर्ने भएकोले ध्यान दिन जरुरी रहेको सुझाव दिएका थिए । कार्यक्रममा चन्द्रगडी सामुदायिक वन समूहका सल्लाहकार विष्णुप्रसाद शिवाकोटी, चन्द्रगडी खानेपानी समितिका सचिव बावुराम कार्की, राजनीतिककर्मी नरेश सञ्जेल,असारु राजवंशी,पत्रकार माधव विद्रोही,पूर्व मेयर पुष्पराज पोखरेल,जिससका उपप्रमुख मिना पराजुलीले सुझाव तथा जिज्ञासा राखेका थिए । नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन भने नगरका कर्मचारी राजन न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष,सदस्य, नगरपालिका कार्यकारी,उद्योगी,व्यवसायी,कार्यालयका कर्मचारी,संघसंस्था, पत्रकार लगायतको सहभागिता रहेको थियो ।