दुलारी । पूर्वी मोरङमा हाईवे सडक अतिक्रमण गरी बनाएको भौतिक संरचनाहरु धमाधम भत्काउँन थालिएको छ । हाईवे फराकिलो बनाउँन सुन्दरहरैचा नगरपालिकाको हाइवे क्षेत्रमा डोजर चलाउँन सुरु गरेको हो । वर्षौँदेखि ब्यक्ती र व्यापारीहरुले अतिक्रमण गदै आएको सडक खाली गर्ने डोजर चलाउँन थालिएको छ । पुर्वमा वेलबारी नगरपालिका र पश्चिममा इटहरी उपमहानगरपालिका सिमा क्षेत्र सम्म सडकको मुख्य केन्द्र देखि २५ । २५ मिटर सडक विस्तार गर्ने हाईवे किल्यिर अभियान सुरु गरेको हो । नगरको सौन्दर्ययता वढाउन र दुर्घट्ना न्युनिकरण गर्न सरकारले हाईवे खाली गर्ने नगरहरुलाई परिपत्र गरे सँगै सुन्दरहरैचा नगरपालिकाले १३ किलोमिटर सडक खाली गराउँन ठाउँ ठाउँमा डोजर चलाएको हो । नगरपालिकाले सात दिने सुचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल , थुपारिएको निर्माण सामाग्री , ग्यारेज, टायर रिपेयर सेन्टर हटाउन अनुरोध गरेको तर उनीहरुले अटेर गर पछि डोजर चलाएको उद्योग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष किशोर कार्कीले वताए । सडक साँगुरो भएर दुर्घटना धेरै भएकाले पटक पटकको आग्रहमा सडक खाली नगरे पछि नगरपालिकाको अगुवाईमा हाईवे अतिक्रमण रोक्न डोजर चलाएका हुँ उनले भने । सुन्दरहरैचा वडानम्वर ३ का अध्यक्ष जिवन ढुंगाना वडा ८२ फिट मापदण्ड मिचेर वनाईएको घर, टहरा , लगायत व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य जनप्रतिनिधिको निगरानीमा थालनी गरीएको सुनाए । ८२ फिट सडकको जग्गा खाली गराउँने काम अहिले भईरहेको भन्दै नमुना नगरको रुपमा विकास गर्न सफाई अभियान पनि थालीएको उनी बताउँछन । सुन्दरहरैचा ७ का वडाअध्यक्ष चैतन्य सिटौलाले सुन्दरहरैचा क्षेत्रक हार्यवे क्षेत्र भित्रका भौतिक संरचनाहरु भत्काईरहेको जनाए । उनले अहिले सडक फराकिलो बनाउँने अभियान अन्तरगत धमाधम काम भईरहेको छ उनले भने । यता सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले नेपाल सरकारले गरेको परिपत्रका आधारमा ८२ फिट क्लियर गराउँन हाईवेमा डोजर चलाएको वताए । नगरका सवै स्थानीय , उद्योगी ब्यबसायीको साथ सहयोगमै अभियान अगाडी बढेको उनको भनाई थियो । सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षायाममा स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, गरेको भन्दै यस वर्ष देखि हाईवे ढुवान समेत नहुने उनको भर्ना थियो । सडकमा पानी जम्ने समस्या यस वर्ष देखि निराकरण हुने भन्दै विकास निमार्णमा कसैले पनि बाधा गर्नु हुदैन उनले भने ।