मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा ख्रिष्टिय एकता समाज मिक्लाजुङको आयोजनामा मिक्लाजुङ सरसफाई अभियानको दोश्रोचरण अन्र्तगत मिक्लाजुङ गाउँपालिका वडा नं. ३ को चौतारा चोक देखी धोबेनी बजार हुदैं. शुन्दरी चोक सम्मसरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार (जेठ) ८ गते भएको सरसफाई कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राइ, वडा अध्यक्षहरु खगेन्द्र मादेन सोमनाथ अधिकारी , बुद्धीलाल निरौला, गौरी राई, बुद्धीमान लिम्बु, साथै ख्रिष्टिय एकता समजा मिक्लाजुङका पदाधीकारी, खानेपानी तथा सरसफाई डिभीजन कार्यालय बिराटनगर प्रतिनिधी घनश्याम कोइराला, राज बस्नेतले प्रतिनिधित्व गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय बासीको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । साथै सरसफाई अभियानमा स्थानीय विद्यालयहरु कालीका सामुदयीक मा.वि. , भिन्ची बोडीङ स्कुल, मिक्लाजुङ बोडीङ स्कुलका विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागिता रहेको थियो । सरसफाई अभियानमा करिब पाँच सय बढीको सहभागीता रहको ख्रिष्टिय एकता समाज मिक्लाजुङका सचिब भरत लिम्बुले जानकारी दिनु भयो । सरफाई कार्यक्रमलाई मिक्लाजुङ गा.पा वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र मादेनले अभियान लाई नगद १५ हजार सहयोग गर्नु भएको थियो । यो अभियान मिक्लाजुङका ९ वटै वडामा संचालन हुने आयोजकले बताएको छ ।