चक्रघट्टी । वराहक्षेत्रको चक्रघट्टीमा आयोजित (नेकपा) पूर्व नेकपा एमालेको नगर संगठन कमिटिको विस्तारित बैठकमा नेतृत्वको कडा आलोचना भएको छ । नगर संगठन कमिटीको नेतृत्वमा संकुचित ब्यबाहार भएका कारण पार्टिका गतिबिधीहरुमा नकारात्मक प्रभाब बढेको नेताहरु बताउछन् । गोप्य भनिएको बैठकमा पार्टीभित्र एकअर्काका विरुद्ध स्थानीय नेता आरोप प्रत्यारोपमा उत्रिए । नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाललाई समेत बैठकबारे पुर्व जानकारी दिइएको थिएन ।‘बैठक सुरु हुन लाग्दा जानकारी आयो,म सँग समय थिएन म गईन’ मेयर खनालले भने । मेयर खनाल बराहनगरपालिकाका संसदिय दलका नेतापनि हुन । संसदीय दलको नेता र जिल्ला कमिटीका नेतालाई जानकारी नदिई विस्तारीत बैठक नेतृत्वको अपरिपक्वता हो प्रेस चौतारी सम्बद्ध पत्रकार कृष्णप्रसाद भट्टराईले भने । ‘बैठकमा तत्कालीन (नेकपा)तत्कालिन एमाले पार्टीका वराहक्षेत्र नगर संयोजक केशव तिम्सिना पार्टि नेतृत्व गर्न असक्षम र अपरिपक्व भएको भन्दै आलोचना भयो’बैठकमा सहभागि एक नेताले भने ‘ अब पार्टि र संगठनलाई चलयमान बनाउन नेतृत्व असफल हुने देखियो,अर्को बिकल्पको बिषयमा आन्तरिक कुराहरु उठेका छन् । संगठन कमिटी बलियो तरिकाले लान नसकेको, नेतृत्वले प्रभावकारी काम नगरेकोदेखि पार्टीका स्थानीय नेताले व्यक्तिगत लाभका लागि गरेको कुकृत्यसमेत बैठकमा पोखिएको छ । जनवर्गीय संगठनका नेता कार्यकर्तादेखि नगर संगठन कमिटिका पदाधिकारी सहभागी बैठकमा पार्टीलाई भजाएर व्यक्तिगत लाभ लिएको कुरा बैठकमा उठ्न थालेपछि केही समय बैठकलाई रोक्दै उपस्थित पत्रकारलाई हल बाहिर पठाइएको थियो । पत्रकारमाथि गरिएको दुव्र्यवहारप्रति टिप्पणी गर्दै पार्टीका संगठित सदस्यसमेत रहेका वराहक्षेत्र नगरपालिकाका प्रेस संयोजक नवराज विष्टले यसलाई पार्टीको हैकमवादी चरित्र भएको आरोप लगाए ।‘आलोचना र कमजोरीलाई लुकाउने नेतृत्व परिपक्व हुन नसक्ने बताए । नेतृत्वको आलोचना हुन थालेपछि मिडियाबाट बाहिर जाने भन्दै पार्टिका नगर संयोजक केशव तिम्सिनाले पत्रकारलाई हलमा छिर्न अनुमति नभएको भन्दै बाहिर पठाउन आदेश दिएका थिए । ‘अन्य जनवर्गीय संगठनका नेता कार्यकर्ता बैठकमा उपस्थित थिए, प्रेस चौतारीलाई कुनै जानकारी दिइएको थिएन, व्यक्तिगत रुपमा पार्टीको बैठक बारे थाहा भएपछि उपस्थित भएका हौँ,’ प्रेस चौतारी सम्बद्ध पत्रकार कृष्णप्रसाद भट्टराईले भने, ‘पत्रकारमार्फत पार्टी नेतृत्वको कुकृत्य बाहिर जाने आशंकामा हामीलाई बाहिर निकालियो ।’ प्रेस चौतारी सम्बद्ध पत्रकारलाई दुव्र्यवहार भएको विषयमा स्थानीय पार्टी नेतृत्वसँग स्पष्टीकरण लिने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम आचार्यले बताए । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटि संयोजक रमेश बस्नेतले पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना गरे । प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा १ नं. प्रदेश संयोजक लीलाराज भट्टराईले आफ्नै पार्टीभित्रका नेतृत्वले पत्रकारलाई चिन्न नसक्नु दुःखदायी भएको बताए । तत्कालीन पार्टीका वराहक्षेत्र नगर संयोजक केशव तिम्सिनालाई यो विषयमा बुझ्न खोज्दा उनले मोबाइल फोन उठाएका छैनन् ।