-
Home
-
पूर्व
-
सिजन गुरुङलाई प्रहरीले ‘इन्काउन्टर’ गर्न खोज्यो : काङग्रेस
सिजन गुरुङलाई प्रहरीले ‘इन्काउन्टर’ गर्न खोज्यो : काङग्रेस
इटहरी । तरुण दल सुनसरीका सभापति तथा नेपाली काग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई पक्राउको विरोधमा काग्रेसले इटहरीमा प्रदर्शन गरेको छ । इटहरी २० तरहराकी तीर्थकुमारी गिरी सँगको जग्गा सिमा विवादलाई लिएर सिजनलाई पक्राउ गरेको भन्दै काग्रेसले विरोध जनाएको हो ।
विरोध प्रदर्शनमा एक नम्वर प्रदेशको संसदीय दलका नेता तथा नेपाली काग्रेस सुनसरी सभापति राजिव कोईराला,प्रमुख सचेतक केदार कार्की संसद चन्द्र श्रेष्ठ लगायतका नेताहरुले समेत सडकमा प्रर्दशन गरेका थिए ।
नेपाली काग्रेस सुनसरीका सभापति तथा एक नम्वर प्रदेशको संसदीय दलका नेता राजिव कोईरालाले इटहरीको डिएसपीको ज्यादती बढेको वताए । प्रदर्शन पछि कोणसभालाई सम्वोेधन गदै कोईरालाले काग्रेसलाई सक्ने रणनीती अनुसार इटहरी आए लगातै प्रहरीले रबैया देखायो,यो हामीलाई मान्य छैन ।
अहिले काग्रेसका पिडित कार्यकर्ताहरुले न्याय नपाईरहेको बेला विभिन्न बहानामा काग्रेसका नेता तथा कार्यकर्तालाई सक्ने अभियानमा प्रहरी लागेको भन्दै आपत्ती जनाए । उनले प्रदेश सरकारको संघिय मामिला तथा कानुन मन्त्री समेत निकम्बा रहेको टिप्पणी गरे ।
कोणसभामा बोल्दै नेपाली काग्रेस प्रदेश एकका सचेतक केदार कार्कीले काग्रेस सरकारमा नभएको बेला सामान्य बहाना पारेर कार्यकर्ताहरु धमाधम थुन्न थालेको भन्दै प्रहरीको विरोध गरे । काग्रेसलाई प्रहरीले समेत हेपाह प्रबृद्धि देखाएको आरोप लगाए । तर काग्रेस चुप लागेर बस्दैन शशक्त रुपमा आन्दोलनमा उत्रिन्छ उनले भने । झुटोमुद्धा लगाउँने प्रहरीलाई भविश्यमा देखाई दिने समेत उनको चेतावनी थियो ।
कोण सभामा बोल्दै काग्रेस क्षेत्र नम्वर २ का सभापति मनिराम श्रेष्ठले काग्रेसी फसाउन प्रहरी लागेको आरोप लगाए । त्यस्तै नेविसंघ प्रदेश एकका प्रमुख विकास केसीले काग्रेसलाई हेपी रहे चुप लागर नवस्ने चेतावनी दिए । महिला संघ सुनसरीका अध्यक्ष विजया कटुवालले प्रहरीको कडा रुपमा आलोचना गरेकी थिईन ।
यसरी भएको थियो जग्गाको सिमा विवाद
इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको जग्गा र सिजन गुरुङको जग्गा सँगै छ । तर सिमाना नक्सा अनुसार सम्म नमिलेको भन्दै लामो समय लेखि विवाद हुदै आएको थियो । लामो समय देखि सामाजिक अगुवाहरु बस्दा सम्म जग्गा विवाद मिलेको थिएन । गिरी परिवारले शुत्रवार अमिनि बोलाएका थिए । स्थानीय प्रहरी इटहरी २० जनप्रतिनिधि लगायत समाजका अगुवाहरु मिलेर जग्गा नाप्ने कार्य भईरहेको थियो ।
त्यही विषयमा गूरुङ र गिरी परिवार पक्षको भनाभन भईरहेको थियो त्यही बेला गिरीको छोरा दिनेश गिरी र सिजनका साला सुरेन राई विच सामान्य हातहालाहाल भयो । त्यहाँ त्यो विषय ठुलो भएन ,त्यहा बसेको प्रहरीले पक्राउ गरेन । गिरी परिवारले आफुहरु जग्गाको मुख मिचेर पिडित बनाउँदै आएको दावी गरेका छन । भने गुरुङ परिवार समाजले भनेको कुरा आफुहरु मान्न तयार भएको भन्दै छलफल हुदै आएको छ । जग्गाको मुखको विषयमा भएको विवाद अहिले राजनितिक करण हुन पुगेको छ ।
फिल्मी शैलीमा पक्राउ परे सिजन
शुत्रवार जग्गा मिमानाको विवाद टुंगोमा नपुगे पछि सिजनले जिल्ला प्रशासन कार्यलय इनरुवामा आफुलाई न्याय तथा सुरक्षाको माग गदै निवेदन दिए । त्यस पछि उनी आफ्नो ब्यावसाय गर्ने धरान स्थित भाटभटेनी अगाडी रहेको सानो पसलबाट घर फर्केने क्रममा चारकोशे झाडी स्थित सेउती पुलमा ठुलो संख्यामा प्रहरीहरु सिजनलाई पक्राउ गर्ने खटिएका थिए । प्रहरीहरुले सिजनको गाडी सर्ज गरे । त्यहाँ केहि छिन आतंक मच्चियो । यसरी सिजनलाई पक्राउ गर्दा हातहतियारमा फसाउँने या इन्काउण्टर गर्ने लागेको भन्दै काग्रेसले आपत्ती जनाउँदै आएको छ । घट्नाका विपक्ष भए पनि उनी त्यो दिन दोसी नदेख्दा पनि प्रहरीले फिल्मी शैलीमा पक्राउ गर्नु नियोजित भएको काग्रेसको तर्क छ ।
सिजनलाई सार्वजनिक मुद्धा
काग्रेसको चर्को विरोध बाबजुत पनि प्रहरीले सिजन गुरुङलाई आईतवार सार्वजनिक मुद्धा दायर भएको प्रहरीले जनाएको छ । सिजनलाई जिल्ला प्रहरी कार्यलयमै राख्ने समेत प्रहरीले जनाएको हो । आईतवार नै जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
इटहरीको डिएसपीलाई ५ हजार घुस खाएको आरोप
प्रदेस नम्वर १ का काग्रेसका प्रमुख सचेतक केदार कार्कीले इलाका प्रहरी कार्यालयका इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले मोरङमा बस्दा पाँच हजार घुस खाएको प्रमाण आफुसँग भएको दाबी गर्दै सडकमै भाषण गरेका छन । डिएसपीले केटा र केटी पक्राउ पर्दा पाँच हजार घुस खाएर उनीहरुलाई छोडेको प्रमाण आफु सँग भएको दावी गरेका हुन ।