मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई ५० प्रतिशत छुटमा पावर टिलर वितरण गरीएको छ ।

किशानहरुलाई खेती गर्न सहयोग पुर्याउने उद्धेश्यले व्यवसायिक रुपमा खेती गर्ने किसान र समुह लाई पावर टिलर वितरण गरीएको मिक्लाजुङ गाउँपालिकाका प्रवत्ता नगिन्द्र कार्की (नविन)ले जानकारी दिनु भयो । मिक्लाजुङ ८ का अगुवा किसान यज्ञबहादुर पौडेल, मिक्लाजुङ ६ को प्रगती व्यवसायीक तरकारी उत्पपादन समुह मिक्लाजुङ ६ र साना किशान कृषि सहकारी समुह द्धारा संचालीत एक समुहलाई मिक्लाजुुङ गाउँपालिका उपप्रमुख सरला राई पावर टिलरको ह्यान्डल हस्तान्तरण गर्नु भएको थियो । यस्तै किसानहरुलाई ५० प्रतिसत छुटमा २७ वटा टनेल र ६७ वटा स्प्रे ट्याङ्की समेत वितरण गरिएको मिक्लाजुङ गाउँपालिकाका कृषी प्राविधीक साहयक मोहन मिश्रले जानकारी दिनु भयो ।