धनकुटा । संभावित लेडिज जेसिज धनकुटाले पाख्रीवासका चुडामणी पुलामी मगरलाई उपचारको लागी आर्थिक सहयोग गरेका छन् । पाख्रीवास नगरपालिका वडा नं.२ घर भएकावर्ष ३५ का चुडामणी पुलामी मगरको मृगौला प्रत्यारोपणमा सहयोग पुर्याउने उदेश्यले संभावित लेडिज जेसीज धनकुटाले संकलन गरेको ५ हजार, २ सय, ५५ रुपयाँआर्थिक सहयोग शुक्रवार गरेका हुन । धनकुटा स्थित् जेशिजको कार्यालयमा एक औपाचारिक कार्यक्रमको आयोजना गरेर संस्थाका अध्यक्ष प्रमिसा श्रेष्ठ र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले संयुक्त रुपमा चुडामणी पुलामी मगर सहयोग समितिका संयोजक मनोज चाम्लीङ्ग राईलाई प्रदान गरेका हुन । रकम ग्रहण गर्दै चुडामणी पुलामी मगर आर्थिक सहयोग समितिका संयोजक मनोज चाम्लीङ्ग राईले सहयोगी संभावित धनकुटा लेडिज जेसिजका पदाधिकारी एवं सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आपत्तविपत परेका मानिसहरुलाई सेवा गर्नु नै जीवनमा ठूलो धर्म हुने भन्दै सहभागीहरुको सानो सहयोगले पुलामीको उपचारको लागी ठूलो मद्धत गर्ने वताएका थिए । उनले हालसम्म ३६ हजार भन्दा वढी आर्थिक संकलन भैसकेको पनिवताएका छन् । सोही अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले आफ्नो संस्थाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले मृगौला पिडित जो कोहीलाई पनि सामाजिक एवं मानविय भावनाले पनि सहयोग गर्नु एक सच्चा देशभक्त नागरिकको कर्तव्य भएको वताएका छन् । चार महिनादेखी मृगौला पिडित वनेको पुलामीको निदान अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । उनको आफ्नै आमाको मृगौला प्रत्यारोपण गर्ने तयारी भैरहेको लेडिज जेसिज धनकुटाका महासचिव सावित्रा राईले वताएकी छन् । कार्यक्रम लेडिज जेसिजकाअध्यक्ष प्रमिसा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।