धनकुटा । अधिनायकबाट लाद्नबाट जोगाउन पत्रकार जगत अब अझ सक्रिय हुनु आवाश्यक रहेको आईतवार नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियन धनकुटा शाखाको आयोजनामा भएको स्थापना दिवसको अवसरमा वोल्दै नेपालीकांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले मुलुकमा अहिले सरकार अधिनायकबाद लाद्न उद्धत रहेकाले यसलाई रोक्न पत्रकार जगत अझ सशक्त र क्रियाशिल भएर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पत्रकार तथा प्रेस जगत जहिले पनि अधिनायकबादको बिपक्षमा रहने वताए । उनले मुलुकमा र वामपान्थीहरुको सरकार एक्लौटी ढंगले वनेको परिस्थितिमा प्रेस युनियनले सशक्त भएर प्रतिपक्षको भुमिका आफ्नो कलम मार्फत चलाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा १ नम्वर प्रदेश सभाका सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल प्रेस युनिनका संस्थापकअध्यक्ष सञ्जय सन्तोषी राई, पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, उपाध्यक्ष नगेन्द्र राई, सल्लाहकार भेषराज कट्ेल, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकारहरु नारायण कुमार राई, बिनोद घिमिरे लगायतले पत्रकारहरुको भौतिकतथा पेशागत सुरक्षामा सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए। नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला लिम्बुको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य कवीराज घिमिरेले र कार्यक्रमको संचालन फोनिजका निवर्तमान सचिव विदुर खवासले गरेका थिए ।