इटहरी । इटहरीको साँघुरो सडक, सडक पेटीमा राखेका जथाभाबी पसल, अव्यवस्थित पार्किङले इटहरी कुरुप बन्दै गएको छ । सडक पेटी, र्भयाङ, पर्खाल, टहरा तथा सडक अतिक्रमण सँगै ब्यावसायीहरुले यहाँ सडक अतिक्रमण गरे र पसलका सामान सजाउने  गर्छन् त्यसै मा अझ सवारी साधन पार्किङ गरेर सडक किनार खचाखच भएको  दे खिन्छ ।

सडक अतिक्रमण बढ्दै गएको भन्दै इटहरी उपमहानगरपालिकाले भित्र सडक अतिक्रमण रोक्न बुधबार स्काईभेटर र डोजर चलाईएको छ । अतिक्रमित संरचना हटाएर सडक फराकिलो बनाउन हाईवेयमा डोजर चलाईएको हो । हाललाई मापदण्डमा परेको घरहरू नभत्काउने तर पेटी तिन फिट बाँकि राखी अन्य संरचना हटाएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । सडक स्वच्छ र खुल्ला राखेपछि आवतजावत गर्न सजिलो हुने अवस्थालाई ध्यानमा नराखी आफुखुसी सडकमा सामाग्री थुपारेर ब्यापार ब्यवसाय संचालन गरेको भन्दै उपमहानगर डोजर सहित अतिक्रमण हटाउँन आएको हो ।

 

पछिल्लो समय हाईवेय अतिक्रमण बढ्दै जानथालेपछिसडकको दायाँबाँया गरी साडे ८२ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाउँन डोजर चलाउँनु बाध्य भएको इटहरी उपमहानगरपालिकाको मेयर द्धारिकलाल चौधरी बताउँछन । उनी भन्छन् बारम्बार सुचना दिए पनि ब्यापारीहरुले सडक अतिक्रमण नहटाए पछि डोजर चलाउँन सुरु गरेका हौ । सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउन सडक दायाँबाँयाका क्षेत्र खाली गरेको हो उनले थपे ।

सरसफाइ र सडक अतिक्रमणका कुरामा नगरपालिका जिम्मेवार बन्नुपर्छ भने  यातायातका साधन व्यवस्थित  गर्न ट्राफिकको  भूमिका हुनुपर्छ । उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टले अब्यबस्थित पार्किङले पनि इटहरी कुरुप बन्दै गएको जनाए । उनले भने छिमेकी शहरहरुले पनि साडे ८२ मिटर सडक क्लियर गरीसकेकोले इटहरीले पनि गर्नु आवश्यक रहेको जनाए । बिष्टले भने सडक अतिक्रमणका कारण पैदलयात्री हिड्न समेत समस्या हुदै आएको उनको भनाई थियो ।

व्यवसाय गर्न घर भाडामा लिएपछि सामान राख्ने   स्थानकाबारे मा पनि सो च्नुपर्छ । तर इटहरीमा भने फलफूल पसल देखि हार्डवे यर पसलले सडक आफ्नै जस्तो गरी कब्जा गरीरहेका छन । इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प चौधरीले इटहरीको सौदन्यता कुरुप बन्दै गए पछि हाईवेयमा अतिक्रमित सडकमा डोजर चलाएको बताए । बढ्दो सडक दुर्घट्ना रोक्न समेत सडक अतिक्रमण रोक्नु आवश्यक थियो उनले थपे ।ठूला व्यापारीदेखि ठेलावालासम्मले सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन गरेका कारण पैदलयात्री सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरीकार्यलयका एसपी रवि पौडेलले ब्यापारीहरुले मनपरी तरीकाले सडक अतिक्रमण गरी राखेको सामाग्रीहरु हटाउँन थालेको जनाए । इटहरीको मुख्य चौक अस्तब्यस्त हुदै गए पछि ब्यवस्थित बनाउँन आफुहरु पनि लागेको उनको भनाई थियो । पहाडी जिल्लामा समेत सडक अतिक्रमण भईरहेको भन्दै त्यसलाई रोक्न ट्राफिक प्रहरीले स्थानीयहरु सँग सहकार्य गरेर हटाउँन सुरु गरेका छौ एसपी पौडेलले भने । सडकमा इटा,रड तथा बिक्रिका लागी राखिएको सामाग्रीहरु सडकमै राख्ने गरेको पाईयो उनले थपे ।

के छ निमय ? नेपालमा २०३१ मा लागू भएको सार्वजनिक सडक ऐनले भन्छ सडक अतिक्रमण गर्ने पाईदैन । यसबारे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ मा प्रष्ट व्यवस्था गरिएको छ । सडक ऐन २०३१ को दफा नम्बर १९ मा भनिएको छ घर–टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादीयस्तै अन्य कुनै कार्य गर्न हुँदैन ।सार्वजनिक सडकको आवागमनमा बाधा पुर्याउने माल वा वस्तु हटाउने अधिकार शीर्षक दफाले यो कुरा बिस्तृत रूपमा लेखेको छ । त्यसक्रममा लागेको खर्च पनि सम्बन्धित सरोकारवालाबाटै भराउने व्यवस्था पनि सार्वजनिक सडक ऐन २०३१ को दफा २१ मा प्रष्ट भनिएको छ ।