पाँचथर । पछिल्लो समयमा बिभिन्न स्थानीयतहरुले करोडौं रुपयाँ बिकाश निर्माणको नाममा खर्च गरेको पाईन्छ । समान्यतया सडक मर्मतदेखि ठुला–ठुला योजनाको काममा गाउँपालिका र वडाहरुले ठुलो धनराशी खर्च गरेको हुन्छ । तर पाँचथरको तुम्बेवा गाउँपालिकाले अबदेखि प्रतेक महिनाको एक पटक अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम लागु गरेको छ ।
गाउँपालिकाको समृद्धिको लागि २० प्रतिशत जनश्रमदान जुटाउँनुपर्ने प्रावधान लागु गरेको हो । प्रतेक महिनाको तेस्रो शनिबार एक घर एक व्याक्तिले अनिवार्य रुपमा जनश्रमदान गर्नुपर्ने भएको छ । गाउँपालिकाको निणर्यसंगै ५ वटै वडाको सरसफाई र बिकाश निर्माणको लागि गाउँपालिकाबासी एक जुट भएर लागि परेको भन्दै गाउँपालिका प्रमुख होमनाथ थापाले खुसि ब्याक्त गरे । बिकाश निर्माण स्वास्थ्य र सरसफाईको काममा नागरिको उत्साहजनक जनसहभागीताले गाउँपालिकाको भाग्य र भबिष्य निर्माण गर्ने भएकाले पनि यो काममा सबैले साथ दिएका छन । उनले भने । सामान्य बिकाश निर्माणको काममा पनि ५० हजारदेखि १ लाखसम्म वडा र गाउँपालिकामा रकम माग गर्ने परम्पराको अन्यको लागि जनश्रमदानले सुधार ल्याउने थापाले जोडदिए ।
जिल्लाको तुम्बेवा गाउँपालिका कम्जोर स्थानीयतह अन्तरर्गत पर्दछ । प्रतिब्यात्ती आयश्रोत घट्दो दरमा हुदा निर्यात भन्दा पनि आयतित् बस्तुको मागबढ्दो रुपमा हुदा गाउँपालिकालाई समृद्ध बनाउँन चुनौती पैदा भएको छ । सुख्खा क्षेत्रको मारमा परेका नागरिकहरुलाई करको मारमा नपार्ने गाउँपालिकाको लक्ष्य अनुसार नै यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ । गाउँपालिकामा २८ यस घरधुरी रहेका छन ।