यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा संन्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरमा पुगेको छ ।
२०७३ सालबाट सुरु गरिएको योजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको मुख्य पाईपलाइन र बितरण लाइनको काम प्रेरा–स्वामीनारायण जेभीले गर्दै आएको छ । बितरण लाईन र मुख्य पाइपलाइनको काम एकै साथ अघिबढाएको निर्माण कम्पनीले २० प्रतिशत मात्रै काम गर्न बाँकी छ ।
उपभोक्ता समितिले जनश्रमदान वापतको ९ प्रतिशत कुल ३६ किलोमिटर पाइपलाइनको श्रमदान गर्नुपर्ने हुन्छ । सोही जनश्रमदान वापतको प्रतिघरधुरी ३ हजारको दरले रकम संकलन गर्दै आएको छ । उपभोक्ता समितिले ३ हजारको दरले सेवाक्षेत्र भित्रका ३ हजार ४३ घरधुरीबाट रकम संकलन गर्नुपर्ने हुन्छ । हालसम्म ५ सयघरधुरीले १५ लाख रुपयाँ बुझाई सकेका छन । बाँकी रहेका २ हजार ५ सय ४३ घरधुरीबाट ७६ लाख २९ हजार संकलन भईरहेको समितिका अध्यक्ष डम्बरसीह सम्बाहाफेले बताए । निर्माण कम्पनीको तर्फबाट आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उनले भने, उपभोक्ताले अयोजनाको ९ प्रतिशत रकम जति चाडो संकलन गर्यो त्यति छिटो आयोजनाको काम पुरा हुने भएकाले मूल समिति र टोलसमितिहरु लागि परेका छौ । सम्बाहाम्फेले भने ।
आयोजनाको १० प्रतिशत जनश्रमदान मध्ये यसअघि नै १ प्रतिशत रकम वापतको २६ सय रुपयाँ उपभोक्ताले बुझाएका छन् । बाँकी रहेको ९ प्रतिशत रकम संकलन गर्न समिति लागि परेको भन्दै समयमै आयोजनाको काम सम्पन्न गर्न उपभोक्ता समितिको हातमा भएकाले समितिले सहयोगको अपिल समेत गरेको छ । आयोजनाको दुई चरणको मूख्य पाइपलाइन र बितरण लाईनको काम प्रेरा– स्वामीनारायण जेभी र कन्काइ–महादेव सिम्तीले गर्दै आएको छ ।
छोटो समयमै ८० प्रतिशत काम सम्पन्न गर्न स्थानीयहरुको ठुलो भुमिका छ, निर्माण कम्पनीका निर्माण ब्यवसाही सन्तेश बस्नेतले भने । उपभोक्ता समितिले सकृयता बढाए यही मंसिरसम्म पानी संचालन गर्ने लक्ष्य लिएको उनले बताए । कम्पनीको तर्फबाट बिद्युत जडान, पानी तान्ने पम्प र केही मुख्य पाइपलाइनको काम मात्र बाँँकी छ, त्यो पनि चाडै पुरा गछौं । उनले भने । निर्माण कम्पनीले कुल ५१ करोड ३० लाख, ५६ हजार लागतमा आयोजनाको काम गर्दै आएको छ । ३ बर्ष भित्र पुरा गर्नुपर्ने आयोजनाको काम २०७५ साल सम्ममा पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।