इटहरी । इटहरी उपमहानगरपालिकाले अबैज्ञानिक ढंगबाट बृद्धि गरेको कर शुल्क एंव दस्तुर बृद्धिको निर्णय तत्काल सच्याउँन नेपाली काग्रेस इटहरीले माग गरेको छ । बुधबार इटहरी उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बढेको कर तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।

कर अस्वभाविक रुपमा बढाएको भन्दै उपमहागरको चौतर्फी विरोध भईरहेको बेला प्रमुख प्रतिपक्ष पार्टी नेपाली काग्रेसले ज्ञापन पत्र बुझाउँदै बढेको कर फिर्ता लिन माग गरेको हो । इटहरीबासीले थेग्नै नसक्ने गरी अब्यवाहारीक रुपमा कर बढाएको नेपाली काग्रेस इटहरीका नगरसभापति हेमकर्ण पौडेलले बताए । उनले भने 'जनतामारा कर तत्काल फिर्ता गरियोस्' ।

काग्रेसले १३ बुदे माग सहित उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको नेपाली काग्रेसका नेता रोहित प्रसाईले बताए । जनताले थेग्नै नसक्ने कर तत्काल फिर्ता नभए आन्दोलनको कार्यक्रमस समेत सार्वजनिक गर्ने उनको भनाई थियो ।' अहिले जनताले करकै कारण ब्यापार गर्नेबाट विस्थापित हुनु हुदैन ' उनले थपे ।

यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले करको विषय विवादित भए पछि छानविन गरेर समायोजन गर्ने समिति समेत बनाएको बताए । उनले भने 'कर सच्याउँनु पर्ने भए उक्त समितिले प्रतिवेदन दिन्छ हामी त्यस अनुसार अगाडी बढ्छौ । निरङकुस ढंगको कर लगाउँदैनौ पुःन विचार गछौ ' मेयर चौधरीले भने ।

ज्ञापनपत्र बुझाउँने क्रममा काग्रेस अगुवा नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो । नेता राजिव ढुंगाना ,विकास केसी प्रकाश बस्नेत लगायतका नेताहरुले पनि बढेको कर फिर्ताको माग गरेका छन् । पछिल्लो समयमा कर बढेको भन्दै सामाजिक सञ्जालतमा तिब्र विरोध समेत हुदै आएको छ ।