इटहरी । मोरङको सुन्दरहरैंचा–६ स्थित गछियाको सुकुम्बासी वस्तीमा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर गरीएको छ । पैसा तिरेर स्वास्थ्य जाँच गर्ने नसक्ने विपन्न परिवारकोलागि उनीहरुकै वस्तीमा लगेर शिविर चलाएको आयोजकले जनाएको छ । बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन बिरामीको ब्लड प्रेसर चेक गरेर नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर शेरहर कोईरालाले उद्घाटन गरे ।

स्थानीय चन्द्रकला परियारको ब्लड प्रेसर जाँच गरेर कार्यक्रम उद्घाटन गरेका हुन् । गाउँघरमै निशुल्क उपचार हुने भए पछि दिनभरी मजदुरी गरेर खानेहरु पनि स्वास्थ्य जाँच गराउँन तछाडमछाड गदै थिए ।

स्वास्थ्य शिविरमा नोबेल मेडिकल कलेजका डाक्टरद्वारा बिरामीको जाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो । नोबेल मेडिकलबाट आएको डाक्टरहरुको टोलीले उनीहरुको स्वास्थ्य जाँच गरेको थियो । करीब ५ सय स्थानीयहरुको स्वास्थ्य जाँच भएको बीपी अध्ययान प्रतिष्ठानको अध्यक्ष रञ्जन ओझाले बताए ।

कार्यक्रम उद्घाटनपछि बोल्दै डा कोइरालाले बीपी कोइरालाले गरीब परीवारको लागी बीपीले बोल्दै आएको जनाउँदै उनीहरुको पक्षमा आफु समेत लाग्ने बताए । अहिले काग्रेस सामाजिक काममा होमिएको भन्दै कोईरालाले गरिब परिवारको लागी काग्रेस यसरीनै लाग्दै जाने बताएका थिए । कार्यक्रममा नेपाली काग्रेस प्रदेश एकका प्रमुख सचेतक केदार कार्की लगायतका नेताहरुको समेत उपस्थित थियो ।