इटहरी । लायन्स क्लब इटहरीका सिटीका अध्यक्ष जीवन पराजुली र लायन्स क्लब अफ तरहराका अध्यक्ष पोषराज नेपालको कार्यसमितिले पदस्थापन लिएका छन् । बुधबार तरहरामा नयाँ कार्यसमितिले पदस्थापन लिएका हुन् । इटहरी सिटी बर्ष २०१७/१८ का अध्यक्ष राजन सुवेदी र तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठले पराजुली र नेपाल लगायतका टिमलाई पदस्थापन हस्तान्तरण गरेका हुन् । मानवीय सेवामा समर्पित रहने उक्त लायन्स क्लबले विभिन्न सामाजिक काम गर्ने बुझिएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब नेपालका गर्भनर अनन्त प्रसाद भेटवाल रहेका थिए । कार्यक्रममा बोल्दै लायन्स क्लब अफ तरहराका अध्यक्ष पोषराज नेपालले क्लबलाई अझै शशस्त्त बनाउँदै लौजाने बताए । उनले भने इमान्दारीका साथ क्लबको काम गर्छु ।
लायन्स क्लबको पदस्थापना सम्पन्न
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































