पानवारी । धरान–१८ स्थित होटल कान्तिपुरमा मृत फेला परेकी युवतीको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै प्रेमी भनिएका धरान–१ का रोनिश श्रेष्ठ र होटल सञ्चालक रामबहादुर विक रहेका छन् । परिवारले जबरजस्ती करणी पछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । उनीहरु विगत २० दिनदेखि होटलमा सँगै बस्दै आएका थिए । होटलमा बस्दा होटल सञ्चालक विकले नागरिकता समेत राखेका थिए । तर होटलको रजिष्टारमा भने दुवै जनाको नाम तथा मोबाइल नम्बर झुटो राखेको र युवतीको मृत्यु भए पश्चात युवकलाई नागरिकता दिएर पठाएको भन्दै होटल सञ्चालक समेत अपराधमा मतियारको रुपमा संलग्न रहेको भन्दै पक्राउ परेका हुन् । मृतकको पोष्टमार्टम रिपोर्टबाट हत्याको कारण खुल्न सकेन । घटनाबारे थप अनुसन्धानको लागी भिसेरा लगायतको परिक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।