ब्लाष्टखबर । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका-१ स्थित भोटे भीरबाट लडेर शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ३ बजेको समयमा भोटे भीर-पाखामा गाई-गोरु चराई रहेको अबस्थामा चर्दै गरेको गोरुले लखेट्दा भाग्ने क्रममा ओखलढुंगा चम्पादेवी गाउँपालिका-२ बस्ने कबिता सुनुवारको भिरबाट लडेर मृत्यु भएको हो ।
गाई बस्तु चराउन भनी जंगल गएकी आफ्नो श्रीमती साँझ सम्म पनि घर नफर्किए पछी मृतकका श्रीमान लगायत स्थानीयवासीले खोजी गर्ने क्रममा उनको शव भीर देखी ५० मिटर तल लिखु खोलाको किनारमा फेला पारी प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउना साथ तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुंगा पठाईएको छ ।