इलाम । वी फलको अन्तराष्ट्रिय बजारीकरणमा जोड दिनका लागि गुणस्तरीय किवीको जात हेवाट उत्पादन गरिएको छ । इलाम जिल्लाको उत्तरी सन्दकपुर गाँउपालिकाल वार्ड नम्बर तीन माईपातल स्थित करिब दुई हजार दुई दुई सय ५० मिटर उचाईमा दुई सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उच्च उचाईमा समेत फस्टाउने हेवाट किवी उत्पादनलाई जोड दिएको माईपोखरी हर्बल अर्गाानिक एग्रिकल्चर फार्मका सञ्चालक देउकुमार राईले बताए । फलहरुकै राजा फलको रुपमा चिनिन थालेको किवी फललाई गुणस्तरीय उतपादन गरि अन्तराष्ट्रिय बजारमा विक्री गर्ने उद्देश्यले वि.सं २०६८ सालमा फार्म खाली विंसं २०७० सालमा व्यवसायिक दर्ता गरेर किवी फल लगायत विभिन्न जडीबुटीको उत्पादन गर्दै आएका छन् । अन्य जातको किवी फल चिसो ठाँउमा नफस्टाउने र लामो समयसम्म नरहने भएकाले अन्य जातको किवी मासेर हेवाट जातको किवी फल खेती गर्न थालेको उनको भनाई छ । हेवाट किवीको विरुवा ग्राफ्टिङ गरि विरुवा उत्पादनमा समेत जाड दिएको राईले बताए । बजारीकरण समेत राम्रो भएको र मूल्य समेत वृद्धि हुने यस जातको किवीको अन्तरास्ट्रियमा समेत माग बढी आउन थालेको छ । नेपालकै पहिलो हेवाट किवी फार्म भएकाले समय बढी लागे तापनि यसबाट नाफा हुने उनको भनाई छ । खेर गएको जमिनमा समेत किवी फस्टाउने हुनाले यसबाट राम्रो आम्दानी हुनेछ । हेवाट जातको किवी सँगसगैँ सतुवा,लौठसल्ला जस्ता जडिबुटी समेत उत्पादन गर्दै आएका राईको फार्ममा ४० हजार बढी सतुवाको विरुवा रहेको र एक लाख बढी लौठसल्ला रहेको छ । गयास्ट्रिक र शक्तिवद्र्धक औषधीको रुपमा प्रयोग गरिने सतुवा र क्यानसर,उच्च रक्तचाप,मधुमेह,अल्सर जस्ता रोगहरुको निदान हुने लौठसल्लाको उत्पादन र विरुवा बेचविखन गर्दै आएको बताएका छन् । जडिबुटी र किवी फलको उत्पादन मात्र नभई फार्ममा कृषि बालीविज्ञान अध्ययनरत विद्यार्थीहरु समेत अ‍ेजेटीका लागि फार्ममा आउने गर्दछन् । जडिबुटी उत्पादन,ग्राफ्टिङ गर्ने जस्ता कार्यमा दक्ष भई फर्किने गरेका छन् । फार्ममा रहेको होमस्टेमा बस्दै तीन महिना,छ महिना बस्ने गरेको र यस समयमा तालिम ,फिल्ड वर्कले उनीहरुले गरेको कार्यमा दक्ष भएर फर्किने गरेका छन् । नेपालका झापा,मोरङ,इलाम लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु आउने गरेको माईपोखरी हर्बल एग्रिकल्चर फार्म कृषि अध्ययनरत विद्यार्थीहरुका लागि समेत सीप सिक्ने माध्यम बनेको छ । स्थानीय उत्पादन चिया फ्याक्ट्री,चिज फ्याक्ट्रीको समेत अध्ययन अनुसन्धान गर्ने र बिदाको समयमा पर्यटकीय स्थलको अवलोकन गर्ने हुनाले स्थानीय स्तरमा उत्पादन सामग्रीको समेत प्रयोगमा वृद्धि हुने छ ।

वन तथा वनस्पति कार्यालयको कार्यक्रमबाट सतुवा,लौठसल्लाका विरुवा लगाउन सहयोग र आफ्नै तीन करोड भन्दा बढी लगानी भइसकेको यस फार्मबाट अवको केही वर्षमा लगानी उठ्ने माइृपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्मका सञ्चालक देउकुमार राईले बताए । यति मात्र नभई यहाँ युरोप,एसिया,अमेरिका लगायतका देशहरुबाट पर्यटकहरु आएर अनुभव साटासाट गर्ने थलो बनेकाले यसबाट समेत अन्तराष्ट्रिय बजारीकरणमा समेत टेवा पुर्याउने छ । एसिया युरोप लगायतका देशबाट समेत जडिबुटीको अध्ययनले फार्मको मात्र नभई समग्र गाँउपालिकाकै विकास हुने उनको भनाई छ ।

सन्दकपुर गाँउपालिकाका महत्वपूर्ण पर्यटकीय स्थलहरु माईपोखरी,टोड्के झरना,सन्दकपुर,छिन्टापू समेत यस क्षेत्रबाट नजिक पर्ने हुनाले पर्यटकीय सम्भावना अझ मजबुत हुनेछ । भखर्रै यस क्षेत्रमा लेकाली क्षेत्रमा पाईने सिल्टिम्बुरको समेत तेस्रो मुलुक निकासी हुन थालेको छ । यसबाट समेत स्थान्रीयबासीलाई राम्रो आयआर्जन हुने र समग्र क्षेत्रकै विकास हुने छ ।