बिर्तामोड । जगदम्वा मोटर्सले देशभरका १७ स्थानमा ‘टिभिएस बडा मेला’ गर्ने भएको छ । टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले झापाको बिर्तामोडमा भदौ २५, २६ र २७ गते बडा मेला आयोजना गर्न लागेको हो । जगदम्बा मोटर्सको स्थानीय बिक्रेता पाथिभरा अटोलिङ बडा मेलामा एक्सचेन्ज अफर, दशै तिहार छुट, मर्मत लगायतको सुविधा प्रदान गर्ने भएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जगदम्वाले बिर्तामोड, दमक, इटहरी, धरान र बिराटनगरमा पनि ३ दिने टिभिएस बडा मेला गर्ने कम्पनीका पूर्वका सेल्स अफिसर अमृतकुमार चौहानले जानकारी दिए । उनले जस्तोसुकै भएपनि सोरुममा ल्याएको गाडीलाई न्युनतम २५ हजार मूल्य तोकि एक्सचेन्ज गरिने बताए । उनले मेलामा राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहने बताए । ‘टिभिएसका गाडी खरिदकर्तालाई ५ हजार देखि १ लाखसम्मको स्क्याच कुपन दिइने छ’ कम्पनीका अफिसर विवेक भट्टराईले भने ‘लक्की ड्र मार्फत नेपालभरीका खरिदकर्तालाई दैनिक १० जनालाई १० हजार र एकजनालाई एकलाखसम्मको उपहार दिइने छ ।’ ‘फाइनान्सको पनि सुबिधा छ’ उनले भने ‘ ४० प्रतिशत रकम पहिले दिनु पर्ने र मासिक ३ हजार ८ सय रकम किस्ता तिर्नु पर्नेछ ।’ ‘टिभिएस बडा मेला नगरौ अव अवेला’ भन्ने मुल नाराका साथ मेघा एक्सचेन्ज अफर ल्याएको टिभिएसका लागि बिर्तामोडको आधिकारिक बिक्रेता पाथिभरा अटोलिङकका सञ्चालक सजेश शिवाकोटीले बताए । उनले भदौ २२ गतेदेखि तिहारसम्म मोटरसाइकल तथा स्कुटी खरिद गर्दा ७ हजार छुट दिइने बताए । टिभिएसका एकलाख १२ हजार ९ सय देखि ७ लाख ७९ हजार ९ सय रुपैयाँका मोटरसाइल उपलब्ध रहेको बताइएको छ ।